महोत्तरी : बर्दिबासमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

|

माघ २६ ,डेस्क। महोत्तरी जिल्लाको बर्दिबासमा ट्रकको ठक्करबाट एक जना पुरुसको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय जयहरि घिमिरे रहेका छन् ।

बिहान करिब १ बजेतिर बर्दिबास नगरपालिका–४ स्थित माइस्थानमा बा.४० प ४९४० नम्बरको मोटरसाइकललाई ना. ५ ख ८५८७ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएका छन् ।

ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित