माघ २३, डेस्क। नेपालको राजधानी काठमाडौँमा सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट हिजो एक जनाको मृत्यु भएको छ ।
मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दिपक राईको सोमबार बेलुकी मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
एम्बुलेन्स र एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको हो।





