माघ २२, डेस्क। आरती साहको न्यायका लागि करिब १० महिना देखि काठमाडौंमा आन्दोलन गरिरहेकी आरती साहकी परिवारका सदस्य आमा निर्मलादेवी साह र उनकै भाइ प्रेमलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरू सोमबार बिनापास सिंहदरबार जान नाराजुलुस गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीहरू गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न जान बिनापास सिंहदरबार गेट पुगेका थिए । त्यहाँ नारा लगाउँदा उनीहरू प्रहरीको नियन्त्रणमा परेका हुन् ।
नियन्त्रणमा लिइएका उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।





