माघ २२, डेस्क। काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गर्ने निर्णय गरेको छ ।
महाराजगञ्ज, लैनचौर, जमल खण्ड, महाराजगञ्जको प्रहरी तालिम केन्द्र, बालुवाटार लगायत अन्य ठाउँहरुमा वत्ती जडान गर्ने निर्णय गरेका छन्। रातिको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडकहरुमा बत्ती जडान गर्ने निर्णय गरेको हो।
महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको हो । पौडेलले फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएको जानकारी दिएका हुन्।
यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् ।





