माघ २१,डेस्क। प्रहरी प्रधान कार्यालयले अब देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि छुट्टै पोसाकको व्यवस्था गर्नका लागि छलफल गरिरहेको हो।
प्रहरीले गर्भवती महिला कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था गर्नेबारे छलफल गरेको छ ।
प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार गर्नेबारे छलफल भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले जानकारी दिएको हो।





