जनकपुर बजार आज बन्द

|

माघ २१,डेस्क। जनकपुरका व्यापारीहरुले आज आधा दिन जनकपुर बजार बन्द गरेका छन्।

बिलबिजक बिना नै कारोवार गरेपछि पक्राउ परेका सुनचाँदी व्यावसायीको धरौटीमा रिहा भएपछि आज जनकपुरका व्यापारीहरुले आधा दिन जनकपुर बजार बन्द गरेको हो।

संघले व्यवसायीमाथि झुटो आरोपमा मुद्दा लगाउने प्रहरीलाई कारबाही हुनुपर्ने, मुद्दा खारेज गर्नुपर्ने मागसहित आज मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।

जनकपुरधाममा रहेको बलराम ज्वलर्सका सँचालक बलराम साहले बिना बिलबिजकको कारोवार भएको सुचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो। त्यसैका कारण आज प्रहरीको बिरोध स्वरुप आधा दिन जनकपुरधामको बजार बन्द गरेको छ ।

आफ्नो माग पुरा नभए यो भन्दापनि कडा आन्दिलनमा उत्रिने बताएका छ्न। व्यापारीहरुलाई प्रहरीले दुःख दिएको भन्दै प्रहरीको विरोध स्वरुप आधा दिन जनकपुर बजार बन्द गरेको छ । एक ब्यापारीले यसले जनकपुरका व्यापारीहरुलाई नै घाटा हुने बताएका छन् भने केही व्यापारीहरु विरोध समेत जनाएका छन् ।

बुधबार धनुषा प्रहरीले बिलबिजक बिना सुन कारोबार गरेको भन्दै बलराम साहसहित केही कालिगढलाई प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान विभागको पथलैया बुझााएको थियो ।

पक्राउ परका चारैजना धरौटीमा बिहीबार रिहा भइसकेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित