विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

|

माघ २०,डेस्क। काठमाडौं स्तिथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।

आफुले व्यक्तिगत कारणले राजीनामा दिएको डीआईजी अर्जुन चन्दले बताएका छन् । प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएका छन्।

चन्दले गत वैशाख १३ मा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए ।

राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित