माघ २०,डेस्क। आम जनता पार्टीले उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौँमा मोटरसाइकल -याली प्रदर्शन गरिएको छ ।
शनिबार (आज) सो संंगठनले देशमा भ्रष्टाचार र सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशत लुटकारी व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । कुपण्डोलबाट मोटरसाइकल -याली त्रिपुरेश्वर हुँदै रत्नपार्क भद्रकालीमा पुगेर कोण सभामा परिणत भएको थियो ।





