माघ १८,डेस्क। लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ ।
यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा वडावडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ ।
शिविरमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने लक्ष्य राखिएको छ ।





