माघ १७, डेस्क। क्रिप्टोकरेन्सी कारोबारको घटना बढेपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाको टोलीले भईरहेको अवैध रूपमा क्रिप्टोकरेन्सी बिटकोइनमार्फत जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स जस्ता खेल खेलाइरहेको भन्ने सूचना पाएपछि अनुसन्धान गरी ७ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिराहाका मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, रोशन चौधरी जैसवाल, शिवमकुमार यादव र हरिशंकर चौधरी छन्।
यस सम्बन्धबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जानकारी दिएको हो ।





