माघ १६, डेस्क। करको विरोधमा माघ २२ गते मुलुकभरका चलचित्र घरहरू सिनेमा हल बन्द हुने निर्णय भएको छ।
नेपाल चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै भने, अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रूपमा आगामी माघ २२ गते सोमबार मुलुकभरका चलचित्र घरहरू बन्द गर्ने निर्णय भएको हो।
अहिले नेपालमा १५० सिनेमा हल सञ्चालनमा छन्।
चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने नेपाल चलचित्र संघले जनाएको छ। संघले मूल्य अभिवृद्धि करबाहेकका कर खारेजीको माग गरेको छ।
संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरेको छ।






