पाँचौँ तलामा सोलार चेकजाँच गर्ने क्रममा छतबाट खसेर इन्जिनियरको मृत्यु

|

माघ १६,डेस्क। आज पोखरामा निर्माणाधीन होटेलको छतबाट खसेर इन्जिनियर प्रवीणको मृत्यु भएको छ । मङ्गलवार (आज) लेक साइडमा निर्माण भइरहेको घरबाट खसेर ३७ वर्षका इन्जिनियर प्रवीण भट्टराईको मृत्यु भएको हो ।

चिनीमाया भण्डारीको होटेलको पाँचौँ तलाबाट सोलार चेकजाँच गर्ने क्रममा अचानक चिप्लिएर उनी खसेका थिए । गम्भीर घाइते भट्टराईको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको वैदाम प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित