माघ १६,डेस्क। टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार (हिजो) साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ खोलाखेत बस्ने २५ वर्षीय हरी पनेरुको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको हो। र यस दुर्घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको छ ।





