बाँके : बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

|

माघ १६, डेस्क । बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

बर्दियाको मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार आइतबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका-१८ मा भे १ ख १६९७ नम्बरको माइक्रो बसले लु १ ब २९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते प्रहरी जवान डाँगीलाई नेपालगञ्ज नरसिंह होममा उपचारका लागि पुर्‍याइएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित