सिरहा : नगरपालिकाबाटै राहदानी (पासपोर्ट) सेवा वितरण सुरु

|

माघ ०४, डेस्क। सिरहाको मिर्चैया नगरपालिकाले हिजो (बुधबार) देखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण गर्ने सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गर्नु भएका छन्। स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।

अब सिरहाको मिर्चैया नगरपालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक जानुपर्ने बाध्यता हटेको छ।

नगरप्रमुख यादवले भन्नुभयो बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै सुरु हुने भएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित