माघ ०३, डेस्क। काठमाडौँ क्षेत्र भित्रमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका-१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको हो।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।





