भंगहा-जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु

|

माघ ०२, डेस्क । भंगहा-जनकपुर -जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएको छ ।

उनका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए । टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको जानकारीमा आएको डिएसपी अवाले बताएको छ ।

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित