मोटरसाइकलमा ट्रकले ठोक्कर दिदा एक जनाको मृत्यु

|

माघ ०२, डेस्क । मोटरसाइकल सडक छेउमा रोकी राखेको बेला ट्रकले ठोक्कर दिएपछी एक जनाको मृत्यु भएको हो।

राजापुर नगरपालिका–५ बदालपुरस्थित सडकमा भे.७ प ६११ नम्बरको मोटरसाइकल सडक छेउमा रोकी राखेको ना.८ ख १३८५ नम्बरको ट्रकमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय बिन्द्रा प्रसाद चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर यस दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धानमा गरिरहेको जानकारी दिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित