सर्लाहीको बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दार यादवलाई सेवाबाट हटाउन सिफारिस

|

माघ ०१, डेस्क । पुस २० गते बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो ।

समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाको हवल्दार मेजर पदमा कार्यरत सोनेलालले गोली प्रहार गरेको छानबिन समितिको निष्कर्ष छ ।

वरिष्ठ हवल्दार यादवलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिनेगरी सेवाबाट हटाउन छानबिन समितिले सिफारिस गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताएका छन ।
छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवा गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाउने निर्णय गरेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित