हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरे

|

माघ ०१,डेस्क। हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिएको छ।

काठमाडौं महानगरपालिका-२२ महाबौद्ध क्षेत्रबाट प्रहरीले काभ्रे घर भई कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन घर भई सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतमलाई पक्राउ गरेको हो।

प्रहरीले भिमसेनबाट आठ लाख रुपैयाँ बरामद गरेको छ। त्यस्तै राजुको महाबौद्धस्थित कुमारी आर्केट २०२ नम्बरको राधाकृष्ण जनरल स्टोरबाट ७ लाख ९७ हजार रुपैयाँको चेक र ५ लाख ७५ हजार रुपैयाँ बरामद गरेको हो।

यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित