नेपाल वायु निगमले तिर्‍यो पुस मसान्तसम्मको जहाजको ५३ करोड ऋण

|

पुस २९, डेस्क । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको पुस मसान्तसम्मको ५३ करोड ऋण भुक्तानी गरेको छ।

निगमले उक्त जहाज किन्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो। सो ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८० पुस महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक ऋण भुक्तानी गरेको हो।
दुवै गरी पुस २९ गते जम्मा ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

 

चर्चित समाचार


भर्खरै प्रकाशित