बरहथवामा नयाँ इन्चार्जमा मुक्तिनाथ सापकोटा

|

पुस २९,डेस्क। प्रहरी प्रधान कार्यालयले सर्लाही स्थित इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपीलाई सरुवा गरेको छ ।

डिएसपी गङ्गा थापालाई सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताएको छ ।

नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा पुस २० मा प्रहरीले चलाएको गोली लागेर जयशंकार शाहको मृत्यु भएको थियो । सो घटनाका कारण डिएसपी गङ्गा थापालाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारी मुक्त गरेको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित