नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बस पुलबाट खस्यो

|

पुस २७, डेस्क । आज दाङको राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट एउटा बस खसेको छ । शुक्रबार राति नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस १० बजे राप्ती पुलबाट खसेको हो ।

जिल्ला प्रहरी कार्यलयले बस दुर्घटना भएको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यलय दाङका डीएसपी जनक मल्लले गाडीमा ३० जना सवार रहेकाे बताएको छ । अहिले सेना र  प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य जारी छ ।

यस घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित