भारत : जाडो बढेपछि घरमा कोईला बालेर सुतेका पाँच बालबालिकाको निसास्सिएर मृत्यू

|

पुस २५, डेस्क। जाडो बढेपछि जाडो छल्न घरमा कोईला बालेर सुतेको अवस्थामा पाँच बालबालिकाको मृत्यू भएको छ ।

भारतको उत्तर प्रदेशमा पाँच जना बालबालिकाको निसास्सिएर ज्यान गएको भारतीय सँचारमाध्यमले जनाएको छ । उत्तर प्रदेशको अमरोहा जिल्लाको एउटा गाउँमा एउटै कोठामा सुतेका सात जनामध्ये पाँच जनाको निसास्सिएर ज्यान गएको र दुई जनाको उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशमा चिसो बढेकाले उनीहरुले कोठा न्यानो बनाउन कोठामै कोइला बालेर खाना पकाएका र त्यही कोठामा सात जना सुतेका थिए ।

 

 

चर्चित समाचार


भर्खरै प्रकाशित