पाल्पा जाँदै गरेको जिप दुर्घटना, एक घाइतेको मृत्यु, सनाखत हुँन बाँकी

|

पुस २५, डेस्क। तनहुँको भिमाद नगरपालिका–५ सुनाकोट स्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एक जना घाइतेको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी छ।

पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको जिप आज बिहान दुर्घटना हुँदा १२ जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको मृत्यु भएको हो। ग १ ज ६३५६ नम्बरको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो।

एक घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित