पाल्पा जाँदै गरेको जिप आज बिहान दुर्घटना

|

पुस २५, डेस्क। पोखराबाट यात्रु लिएर पाल्पा जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको हो।

भिमाद नगरपालिका वडा नम्बर ५ आमडाँडा नजिक आज बिहान साढे नौ बजे ग १ ज ६३५६ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाणले जानकारी दिएको छ। घाइतेलाई प्रहरीले उद्धार गरेर भिमादस्थित बीपी कोइराला अस्पताल लगिएको हो ।

तीव्र गतिको कारण जिप दुर्घटना परेको अनुमान छ। जिप घुम्ती सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक उदयराज पौडेलले जानकारी दिए।

चर्चित समाचार


भर्खरै प्रकाशित