विद्युत प्राधिकरण : बाकी बक्यौता किस्ताबन्दीमा बुझाउनको लागि दियो ६० दिनको समय

|

पुस २४, डेस्क। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलको रकम बुझाउन ६० दिनको समय अवधि दिएको छ।

प्राधिकरणले मंगलबार (आज) सूचना निकाल्दै तिर्न बाँकी बक्यौता रकम ६० दिनभित्र किस्तामा तिर्न सकिने बताएको हो।

यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित