महोत्तरी : दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, दुईजना गम्भीर घाइते

|

पुस २४, डेस्क। दुईवटा मोटरसाइकल महोत्तरीको औरहीमा आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको डिएसपी दिलीपकुमार गिरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते दुबैजनालाई बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी गिरीले बताए ।

दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरुको उपचार जारी छ ।

यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित