सर्लाही: बरहथवामा युवकमाथि गोली चलाउने हवल्दार तानिए जिल्ला

|

पुस २२,डेस्क। सर्लाहीको बरहथवामा गोली चलाएको आरोप लागेका हवल्दार जिल्ला तानिएका छन् ।

इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।

आन्दोलनकारीले उसैले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएर घटनाको छानबिन गरिरहेको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले जानकारी दिए । गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो । मृतक युवक सर्लाही होटेलका संचालक तथा कुखुरा दानाका होलसेल विक्रेता थिए ।

मृतक परिवार र आन्दोलनरत पक्षले भने वरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष जयशंकरलाई जानेर गोली दागेर मारेको दाबी गरेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित