पुस २१,डेस्क। शुक्रबार (हिजो) सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मारिएका जयशंकर साह निर्दोश रहेको प्रहरीले स्वीकारेको छ ।
सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रविण धितालले गोली लागेर मृत्यु भएका जयशंकर साह निर्दोश रहेको स्वीकारेका छन् ।
प्रदर्शनकारीले प्रहरीको हतियार थुत्न खोजेपछि पड्केर युवक जयशंकर साहलाई लागेको हुन सक्ने एसपी धितालको भनाइ रहेको छ।
त्यही बेला गोली चलेर युवकलाई लागेको हुन सक्ने हाम्रो अनुमान छ’ एसपी धितालले भने ‘हतियार थुत्ने बेला गोली कता चल्यो भन्ने कता चल्छ भन्ने थाहा नहुन सक्छ ।
मृत्यु भएको युवक अहिलेसम्म आन्दोलनकारी नभएको हाम्रो जानकारीमा आएको छ – एसपी धितालले भने।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।





