सर्लाहीको बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश फेरी थपियो

|

पुस २१, डेस्क। सर्लाहीको बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश थप गरिएको छ। तर, आज बिहानै देखि स्थानीयहरुले कर्फ्यु उल्लंघन गर्दै बरहथवा बजारमा प्रदर्शन सुरु गरेका छन्।

शनिबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यु शनिबार (आज) फेरी थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

शनिबार (आज) बिहान ८ बजेदेखि आइतबार (भोलि) बिहान ८ बजेसम्मको लागि कर्फ्यु थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको सूचनामा उल्लेख छ।

चर्चित समाचार


भर्खरै प्रकाशित