पुस २०,डेस्क। जनकपुरधाम उप महानगरपालिकाले सहर भित्र जथाभावी रुपमा राखिएको होर्डिङ बोर्ड विज्ञापन हटाउन थालिएको छ।
आजबाट जनकपुरधाम उप-महानगरपालिकाका नगर प्रहरीद्वारा उप-महानगरपालिकाका विभिन्न स्थानहरूमा शहरको सुन्दरताका साथै सहज आवागमनमा समेत जोखिम र प्रतिकूल असर पर्ने गरी झुण्डाइएका अनधिकृत होर्डिङ बोर्डहरू हटाउने कार्य सुरु गरिएको हो । उप महानगरपालिकाले सहरका विभिन्न क्षेत्रमा राखिएको पर्चा, पम्प्लेट, बोर्ड, होर्डिङ बोर्डले सहर कुरूप बनाएको र आफ्नो निजि स्वास्थ्यको लागि राखिएका त्यस्ता विज्ञापन हटाउन लागेका अभियानमा खटिएको नगर प्रहरी दिपेश कुमार यादव बताउछन।
उप महानगरपालिकाले पहिला पनि एस्तो अभियान थालेको थियो। तर फेरी स्थगित गरिएको थियो। नियन्त्रणमा लिएको ब्यानरहरु सम्बन्धित व्यक्तिलाई चाहिएमा नगरपालिका आएर फ्यान तिरी लिन सकिने पनि बताए।
अभियानमा खटिएका टिममा ३५ जना भएपनि आज पहिलो दिन ६ जनाको टिमले पोस्टर पम्प्लेटहरु हटाएकका छन ।
यता उप महानगरले हटाउन सुरु गरे पनि जनकपुरका भवन तथा घरका छतमा नियमविपरीत होर्डिङ बोर्डहरू राख्ने होडबाजी चलिरहेकै छ। बिजुलीको पोल तथा सडकछेउको फलामे पोल तथा सिमेन्टको पोलमा राखिने व्यावसायिक ब्यानर तथा फ्रेमसहितको ब्यानर राखिएको हामी सहजै देख्न सक्छौ।
अहिले उप महानगरभित्र घर, कम्पाउन्ड, छत, बिजुलीका खम्बा, डिभाइडर आदिमा विज्ञापन राखिएको छ, जसका कारण महानगर कुरूप देखिएको छ । सार्वजनिक ठाउँमा मापदण्डविपरीत होर्डिङ बोर्ड राखिँदा पनि महानगरले बेवास्ता गरेको सर्वसाधारणले गुनासो गर्दै आएको थियो।
जनकपुरधाम उप महानगरपालिकाले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको लामो समय बितिसक्दा पनि हटाउन सकेको छैन। व्यापारीले पनि नयाँ होर्डिङ बोर्ड राख्न छोडेका छैनन्। उप महानगरपालिकाले पटक पटक सूचना जारी गेरेर होर्डिङ बोर्ड हटाउन निर्देशन दिए पनि व्यापारीहरूले अटेर गर्दै आएका छन्।
अहिले उप महानगरभित्र पोस्टर, पम्प्लेट टाँस्न, वाल पेन्टिङ गर्न, स्टिल डिस्प्ले र स्ट्यान बोर्डहरू राख्न प्रतिबन्धित छ। यसरी नियन्त्रणमा लिइएका फलामयुक्त फ्रेमहरू लिलाम प्रक्रियाबाट बिक्री गर्दा उप महा नगरपालिकालाइ राजश्व संकलनमा सहयोग हुनेछ।





