पशुपतिनाथ मन्दिरमा हुने गंगा आरतीको भिडियो खिचे कारबाही हुने

|

पुस २०, डेस्क। अब काठमाडौँ स्थित रहेको पशुपतिनाथ मन्दिरको आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो खिच्न पाइने छैन।

पशुपति क्षेत्र विकास कोष र कोषबाट स्वीकृत प्राप्त संस्था बुढासुब्बा डिजिटल प्रा लि ले सार्वजनिक सूचना निकालेर पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो नखिच्न आग्रह गरेका हुन्।

यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐनअन्तर्गत कारबाही हुने छ।

भिडियो खिचेको अवस्थामा कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित