किन निलम्बनमा परे काठमाडौं महानगरका तीन कर्मचारी

|

पुष १७,डेस्क। काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ। कार्यपालिकाको निर्णयविपरीत फरक व्यहोरा उल्लेख गरिएको कारण शुक्रबार निलम्वन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए।

महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेको हाे । पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले पनि अनियमितताबारे सचिवालयमा सूचना प्राप्त भएको जानकारी दिए । यो घटनामा सहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा उक्त छानबिन समिति गठन गरिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित