पुस १६, डेस्क। नेपाल प्रहरीको नियन्त्रणमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेता–कार्यकर्ताहरु रिहा भएका छन्।
‘धोती दिवस’ मनाउन माइतीघर मण्डलमा भेला भएका बेला पक्राउ परेका जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेता कार्यकर्ताहरु आज दिउँसो २ बजे रिहा भएको पार्टीका सचिव बिपी साहले जानकारी दिएको छ ।
‘गृहमन्त्री नारायणकाजी श्रेष्ठ आउनुभएको थियो। उहाँले आफैंले हात समातेर अध्यक्षज्यूलाई उठाएर बाहिर ल्याउनुभयो,’ साहले भने, ‘हामी ६३ जना नै रिहा भयौं।’
‘धोती’लाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने माग राख्दै जनमतले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको थियो।





