पुस १५ , डेस्क। पहिलो क्वालिफायरमा एपीएफ क्लबले कोशी प्रदेशलाई १ सय ४० रनको लक्ष्य दिएको छ।
प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफको निर्धारित ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनयो। एपीएका इन्दू बर्माले नटआउट ५६ रन बनाइन्।
कप्तान सिता राना मगरले ४५ रन बनाएर आउट हुँदा ज्योती पाण्डे १२ रन बनाएर पेभिलिएन फर्किइन्।
आजको विजेता फाइनमा प्रवेश गर्ने छ भने पराजित टोलीले आजको इलिमिनेटरको विजेतासँग भोलि खेल्नेछ।





