पुस १५,डेस्क। वनभोजका लागि बर्दियाबाट आउँदै गरेको बस आज बिहान दुर्घटना भएको छ।
बर्दियाबाट दाङ आउँदै गरेको बस आज बिहान दाङको तुलसीपुरमा दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
राप्ती राजमार्गको अमेलिया –तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर-१३ दमारगाउँमा आज बिहान पौने आठ बजे भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।
‘वनभोजका लागि बर्दियाबाट आउँदै गरेको बस सडक छेउको नालामा पल्टिएको हो। ‘दुर्घटनामा झण्डै २० जना घाइते भएका छन्। घाइते सबै खतरामुक्त छन्।’
घाइतेलाई घटनास्थलबाट उद्धार गरेर तुलसीपुर प्रादेशिक अस्पताल लैजाने काम भइरहेको एसपीले बताए।





