पुस १४,डेस्क। ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएको दुबै जनाको शव नबुझी मृतकको परिवार र केही पीडित आफन्त बालुवाटारतर्फ प्रस्थान गरेका छन्।
अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहका बुवासहित केही पीडित आफन्त बालुवाटारतर्फ प्रस्थान गरेका छन् । शनिबार दिउँसो उनीहरू प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न त्यसतर्फ गएका हुन् ।
वीरेन्द्रका बुवा टेकबहादुर शाहसहितका आफन्त यसअघि पाटन अस्पतालमा पुगेका थिए । त्यहाँ वीरेन्द्र र अर्का मृतक दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको शव राखिएको थियो। दुवै शव आफन्तले बुझ्न बाँकी छ ।
करिब २०–२५ जनाको समूहमा रहेका आफन्तहरुले शव नबुझी बालुवाटार तर्फ अघि बढेका छन्। शव बुझ्न कुनै माग भने नगरिएको प्रहरीले जनाएको छ ।





