पुस १४,डेस्क। बालकुमारीमा शुक्रबार (हिजो) प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ ।
त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएको छ । यो निर्णय शनिबार (आज) बस्ने मन्त्रिपरिषद बैठकले गर्ने उनले बताए ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने मृतक परिवारलाई राहत दिने निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको बताएका थिए ।





