कानुन विपरीत मनरा सिस्वाको प्रमुखले राखेको छ “स्वकीय सचिव”

|

पुस १३,डेस्क। महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाले ऐन कानुनको खिल्ली उडाएको भेटिएको छ। स्वायत्त सरकारका नाममा मनरा सिस्वा नगरपालिका प्रमुखले ऐन विपरीत स्वकीय सचिव राखेको भेटिएको छ।

संविधानले स्थानीय सरकारको सेवा सुविधाका सम्वन्धमा ऐन बनाउने अधिकार प्रदेश सरकारलाई दिएको छ। मधेश प्रदेश सरकारले २०७७ साल असार ३१ गते मधेश प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाका सम्वन्धमा बनेको ऐन पारित गरेको थियो। ऐनमा तोकेबमोजिम बाहेकको सुविधाका लागि स्थानीय सरकार स्वयंले निर्णय गर्न पाउने व्यावस्था छैन। सेवा सुविधाका सम्वन्धमा हेरफेर गर्ने अधिकार पनि प्रदेश सरकारलाई नै छ।

यस किसिमको अधिकार भने स्थानीय सरकारलाई नभएको ऐनले नै प्रष्ट व्यवस्था गरेको छ। तर पनि मनरा सिस्वा नगरपालिकाले स्वायत्त सरकार भन्दै स्वकीय सचिव नियुक्त गरेकै हो त ?

‘स्थानीय तहका पधादीकारीको सेवा सुविधा सम्वन्ध सम्पूर्ण अधिकार प्रदेश सरकारलाई नै छ। यस्तै मधेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानून अधिकृत सन्दिप कुमार सिंहले ऐनमा नगर प्रमुख कुनै स्वकीय सचिब राख्न पाउने ब्यबस्था नभएको बताए।

तर रोशन रजक भन्ने व्यक्ति को हुन् जो आफुलाई मेयरको PA बताउदै आएका छन् । यो व्यक्ति आफ्नो नाम रोशन रजक बताउछन। हामीलाइ नगरपालिकाको एक क्रमचारीले भन्छन रोशन भन्ने व्यक्ति संग कुरा गर्नु वहालाई थाहा होला मेयर साब कहाँ छन्। वहा संग परिचय सोध्दा वहाले आफुलाई मेयरको स्वकीय सचिव बताउछन।

यति मात्रै हैन यी व्यक्ति आफु मेयरको स्वकीय सचिव बताउदै आफ्नो अगाडी पछाडी २,४ वटा ठेकेदारलाइ बसाएको हुन्छन।

फेरी हामीले वहालाई “तपाई मेयर साबको स्वकीय सचिव हो भन्ने मेयर साब कहाँ हो भने कुरा तपाइलाई कसरी थाहा नहुन सक्छ। मेरो प्रशन दोहोरिदा उ व्यक्ति जुरुक्क उठेर अराजक शैलिमा भन्छन। मैले एक चोटी भन्दिए भयो। तपाइले मलाई अर्को चोटी किन सोध्नु भयो वहाले तपाइले मलाई पटक पटक सोधेर के साबित गर्न खोज्नु भएको तलबाट माथि फेरी सोध्न किन आउनु भयो र वहा हात हालाहाल शैलिमा प्रस्तुत हुन्छन”। हामीलाई वहाको कुरामा संका लागेर पटक पटक सोधेका थियौ।

मेयरलाई ४ दिन देखि फोन गर्दा फोन स्वीच ऑफ आएपछि हामी पाचौ दिन अन्तरवार्ताको नगरपालिका पुगेका थियौ। स्वकीय सचिवको काम हो कामको सिलसिलामा प्राप्त सुचनालाइ संकलन गरेर प्रमुखलाइ जानकारी गराउने । तर अर्को दिन मेयरलाइ उक्त कुरा उहाले जानकारी गराएन भन्ने कुराले उसलाई संकाको घेरामा राखियो।

यहि सम्बन्धमा मेयर मोहन पाण्डेलाइ फोन गर्दा उक्त व्यक्ति मेरो स्वकीय सचिव नभएर नगर प्रहरी रहेको प्रस्ट पार्नु भयो। तर उक्त व्यक्ति नगर प्रहरी हो भन्ने ड्रेसमा किन देखिएन। सबै तहको प्रहरीको आफ्नै पोसाक छन् नगर प्रहरीको पनि पोसाक छ। सबै प्रहरीलाई सभ्य भएर सभ्य भाषाको प्रयोग गर्नु पर्छ त्यो व्यक्तिमा त्यस्तो गुण अलिकति पनि देखिदैन।

तर त्यो व्यक्ति यदि नगर प्रहरी हो भने आफु मेयरको स्वकीय सचिव हो भन्ने किन बताउछन ? आखिर आम जनतालाई आफु मेयरको स्वकीय सचिव हो भन्ने किन भन्दै हिड छन्।

यो एउटा गम्ब्भिर विषय हो र यसमा सम्बन्धित निकाय र नगरपालिका प्रमुखलाइ एस्तो झुठो बोल्ने झुठा क्रमचारीलाइ कारबाहीको दायरामा ल्याउनु पर्छ। यदि कारबाही भएन भन्ने एस्तो क्रमचारीले भोलि म नै प्रमुख अधिकृत हो भनेर सेवाग्राही झुक्याउन र ठग्न बेर लाग्दैन।

चर्चित समाचार


भर्खरै प्रकाशित