पुस १२, डेस्क। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गोमार्फत आएको १ किलो १६० ग्राम गाँजा बरामद भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कार्गोमार्फत आएको गाँजा बरामद गरेको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिए। बरामद गाँजाको पार्सल अमेरिकाबाट आएको पाइएको उनले बताए ।
थप अनुसन्धानका लागि बरामद गाँजालाई लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाउने तयारी छ ।





