चितवन : मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

|

पुस १२, डेस्क। चितवनको भरतपुर महानगरपालिका–२९ भतेरी जंगल स्थित सडकमा लु.८ प २५६८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी पश्चिम सुनवल नगरपालिका–८ जयगुडी बस्ने ६२ वर्षीय श्रीमान गुरुङ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित