पुस १२, डेस्क। मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन्।
सुनसरी देवानगन्ज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ बुधबार बेलुका प्रहरीले परेका गरेका हुन्।
विराटनगर महानगरपालिका-६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो।
साहबाट बरामद गरिएको नगद र मोटरसाईकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको डिएसपी दाहालले जानकारी दिए।





