पुस ११, डेस्क। बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रिन्सीपल रूपेश स्वर्णकारको हत्याका सुटर मानिएका एक भारतीयलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
सुटर भारत मोतीहारिका ३२ वर्षीय सुजित सिंहलाई प्रहरीले बाराको विश्रामपुर गाउँपालिका ३ बाट गए राति गोली हानेर पक्राउ गरेको हो ।
भाग्न खोजेका उनलाई खुट्टामा गोली दागेर पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए ।
गोली लागेर घाइते सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।
सिंह चारजनाको समूहमा नेपाल छिरेको गोप्य सूचनाको आधारमा प्रहरीले पछ्याएको थियो । अन्य तीनजना भने फरार भएका छन् । उनीहरुको खोजतलास जारी रहेको डिएसपी न्यौपानेले बताए ।





