पुस १०, डेस्क। राजीनामा दिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुरागकुमार द्विवेदी जनमत पार्टीमा प्रवेश गरेका छन् ।
बुद्धनगरस्थित जनमत पार्टी कार्यालयमा पार्टी अध्यक्ष डा.सीके राउतले उनलाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन् । २०७८ कात्तिकको अन्तिम साता एसएसपीमा बढुवा भएका पर्साका द्विवेदीले छ महिना अगाडि आफ्नो पदबाट राजीनामा दिएका थिए ।
१३ जना डीआइजी बढुवा हुँदा त्यसमा आफ्नो नाम नपरेको भन्दै उनले राजीनामा दिएका थिए । उनले आफू मधेसी भएकै कारण डीआइजीमा बढुवामा विभेद गरिएको गुनासो गरे । जनमत त्यस्तै विभेदविरुद्ध लड्ने पार्टी भएका कारण आफू साे पार्टीमा प्रवेश गरेको उनले बताए । अब आफू त्यस्ता विभेदका विरुद्ध लड्ने उनले बता





