कास्की प्रहरी : रवि लामिछाने माथि खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने

|

पुस ०९, डेस्क। रास्वपाका सभापति रवि लामिछाने माथि खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखेर थप अनुसन्धान गरिने भएको छ ।

कास्की प्रहरीले लमजुङका सन्तोष रानाभाटलाई अभद्र व्यवहार मुद्दामा अदालतबाट १० दिन म्याद थपे लिएर थप अनुसन्धान थालेको जनाएको छ । तर लामिछानेले रानाभाटलाई कारबाही नगर्न भनेका थिए ।

डीएसपी श्रवणकुमार विकले लामिछानेसँगै ड्युटीमा रहेका प्रहरीमाथि समेत दुर्व्यवहार गरेका कारण हिरासतमा राखेर अनुसन्धान गर्न लागिएको बताएका छन् । ‘ड्युटीमा भएका प्रहरीलाई दुर्व्यवहार गरेको भन्ने छ ।

घटनाबारे थप अनुसन्धान गर्नुपर्ने भएकोले सन्तोषलाई हिरासतमा राखिएको डीएसपीले जानकारी दिए।

चर्चित समाचार


भर्खरै प्रकाशित