पाल्पा : हिजो सीजी सिमेन्ट उद्योगमा स्थानीयहरुले गरे तालबन्दी

|

पुस ०८, डेस्क। पाल्पामा रहेको सिजी सिमेन्ट उद्योगमा हिजो स्थानीयहरुले तालाबन्दी गरेको थियो।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा तालाबन्दी गरेका छन् ।

पटक पटक अनुरोध गर्दा समेत आफ्‍ना माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले उद्योग प्रशासनमा शनिबार तालाबन्दी गरेका हुन ।

धुलोधूवाँ गराएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको आरोपमा तालाबन्दी गरेको र कम्पनीले आफ्‍ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको स्थानीय विजय ज्ञवालीले जानकारी दिए ।

रैनादेवी छहरा गाउँपालिकाका २ वडाअध्यक्ष दानबहादुर पौडेल, स्थानीयबासिन्दा र कम्पनीका प्रतिनिधिबीच छलफल भइरहे पनि सहमति हुन नसक्दा युवाहरुले कार्यालयमा ताला लगाएका छन ।

चर्चित समाचार


भर्खरै प्रकाशित