पुस ०८, डेस्क । हिजो राती धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१२ का २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको प्रहरीले जनाएको हो।
राति धनगढी उपमहानगरपालिका–१८ इ गाउँमा से ५ प ४७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका उनलाई सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
त्यहाँ चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।
यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





