चिसो आएसँगै देशैभर कोरोनाको त्रास फेरि बढ्न थाले

|

पुस ०५ ,डेस्क ।  चिसो आएसँगै देशैभर कोरोनाको त्रास फेरि बढ्न थालेको छ । कोरोनाको नयाँ संस्करण JN. 1 यो अत्यन्त खतरनाक छ। जुन निकै छिटो फैलिरहेको छ । पहिलो केस डिसेम्बर 8 मा रिपोर्ट गरिएको थियो, तर अब यो सक्रिय केस २००० को नजिक पुगेको छ। भारत सरकारले सबै राज्य सरकारलाई यस कोरोना भाइरसको बारेमा अलर्ट गरिसकेको छ।

तर नेपालको स्वास्थ्य मन्त्रालयले भारतमा देखिएको कोरोनाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट सरकारले सबैमा नआत्तिन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमा भन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउनु नपर्ने बताएका हुन्। तर भारतमा फैलिसकेपछि यो नेपालमा पनि खुल्ला सिमाना भएको कारणले फैलिन सक्दैन भनेर भन्न सकिदैन। उनले भारतमा देखिएको संक्रमण श्वासप्रश्वास सम्बन्धी रहेको र नेपालमा आत्तिनुपर्ने अवस्था नरहेको बताए।

 अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ। नयाँ भेरियन्ट भए पनि नयाँ लक्षण यसमा छैन। श्वासप्रश्वास सम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ, उनले भने, हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन। तर पछिल्लो समय नेपालमा कोरोनले धेरैनै कहर मचाएको थियो। अस्पतालमा ventiletar र बेड पाउनै गाह्रो थियो। तर सरकारले जे भने पनि हामीलाई सतर्कता अपनाउनु जरुरि छ।  

 स्वास्थ्य मन्त्रलायका अनुसार सिमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्क तयारी अवस्था राखिएको र श्वासप्रश्वास सम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ। लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने आणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको उनले बताए। सबैले कोरोना भाइरसविरूद्ध खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको संक्रमण रोकथाम खोपले गर्ने उनले बताए।

 भारतमा ९ दिनमै कोभिड१९ बिरामी दोब्बरले बढेका छन्। भारतीय न्युज अनुसार मंगलबार कोभिड१९ बाट संक्रमित हुनेको संख्या २००० पुगेको छ। जबकि ९ दिनअघि जम्मा ९ सय ३८ जना मात्र संक्रमित थिए।

 सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड१९ का बिरामी एक्कासि बढ्न थालेका हुन्। भारतको केरलामा भर्खरै नयाँ भेरियन्ट भेटिएको थियो। अनुसन्धानकर्ताहरूले यसको नाम (पिरोला) राखेका छन्। केरलामा भेटिएको यो भेरियन्ट अहिले महाराष्ट्र र गोवामा पनि भेटिएको छ।

अर्कोतिर मानिसहरूले लगाएका खोपको प्रभावकारिता कम भएको र मानिसहरूमा सतर्कता कम भएका कारण पनि कोरोना संक्रमण केही बढ्न थालेको बताइएको छ .

चर्चित समाचार


भर्खरै प्रकाशित