जबर्दस्ती बालविवाह गराएको आरोपमा बेहुली, बेहुला लगायत पाँच जना पक्राउ

|

पुस ०४,डेस्क। बालविवाह गराएको आरोपमा प्रहरीले मंगलबार राती पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुष सँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको हो ।

छोरीलाई दबाब दिएर विवाह गराउने आमा, बालिकाका दुई सानीआमा, सानोबुवा र विवाह गर्नेलाई पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

उनिहरु माथि मुलुकी फौजदारी अपराधसंहिता, २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया थालिएको शर्माले बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित